काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति डच क्लब आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल नकआउट चरणमा पुगेको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक एक गोल गरे ।
खेलको ४२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
४९ औं मिनेटमा नुनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा इलियटले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।
जितसँगै लिभरपुलले ५ खेलमा १२ अंक जोडेको छ ।
लिभरपुल समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ ।
आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा छ ।