काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर राफायल भरान फिफा विश्वकपसम्म मैदान बाहिर रहने भएका छन् ।
चोटको कारण फ्रान्सका सेन्टर ब्याक विश्वकपसम्म टिम बाहिर रहने भएका हुन् ।
युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले भरान विश्वकपसम्म टोलीमा नरहने बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीविरुद्धको खेलमा उनले खुट्टाको चोट बोकेका थिए ।
भरान युरोपा लिग अन्तर्गत सेरिफविरुद्ध खेल्ने टोलीमा समेत छैनन् ।
क्रिस्टियानो रोनाल्डो भने सेरिफविरुद्ध खेल्ने टोलीमा छन् ।