काठमाडौं । स्पेनिस क्लब भिल्ला रियलले क्वेक सेटिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
भिल्लाले मंगलबार सेटिनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
स्पेनिस प्रशिक्षक सेटिनले भिल्ला रियलसँग दुई वर्षको सम्झौता गरेका छन् ।
उनी २०२४ सम्म भिल्लाको मुख्य प्रशिक्षक रहने छन् ।
६४ वर्षीय सेटिनलले यस अघि बार्सिलोना र रियल बेटिसको टोली हेरेका थिए ।