काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो टिमको समूह प्रशिक्षणमा फर्किएका छन्।
युरोपा लिग अन्तर्गत सेरिफबिरुद्धको खेलअघि रोनाल्डो प्रशिक्षणमा फर्किएका हुन् ।
युनाईटेडले शुक्रबार घरेलु मैदानमा सेरिफबिरुद्ध खेल्नेछ ।
यस अघि रोनाल्डोलाई मुख्य प्रशिक्षक एरिक टेन ह्यागले एकै प्रशिक्षण गर्न निर्देशन दिएका थिए ।
तर, प्रशिक्षकसँगको कुराकानीपछि उनी समूहगत प्रशिक्षणमा फर्किएको बताईएको छ ।
३७ वर्षीय रोनाल्डो गत बुधबार टोटनह्यामबिरुद्ध वैकल्पिक खेलाडीको रूपमा मैदान आउन अस्वीकार गरेका थिए । जसको कारण उनी चेल्सीबिरुद्धको खेलमा टिममा परेका थिएनन् ।