काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति रियललाई जर्मन क्लब आरबी लाइपजिगले ३-२ गोल अन्तरले हराएको हो ।
खेलको १३ औं मिनेटमा जोस्कोले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।
१८ औं मिनेटमा क्रिस्टोफर एनकुकूले गोल गर्दै लाइपजिगलाई २-० को अग्रता दिलाए ।
खेलको ४४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए ।
खेलको ८१ औं मिनेटमा टिमो वेर्नेरले गोल गर्दै लाइपजिगलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा रोड्रिगोले पेनाल्टीमा गोल गरेपनि रियल ३-२ ले पराजित भयो ।
यस जितसँगै लाइपजिगले ५ खेलमा ९ अंक जोडेको छ ।
लाइपजिग समूह एफको दोस्रो स्थानमा रहेको छ ।
रियल १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
रियल नकआउट चरणमा प्रवेश गरिसकेको छ ।