काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै डर्टमण्ड अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा गोलकिपर ग्रिगोर कोबेल नायक बनेपछि डर्टमण्डले सिटीलाई बराबरीमा रोकेको हो ।
सिटीका रियाद महरेज पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
खेलको ५८ औं मिनेटमा महरेजले पेनाल्टी प्रहार डर्टमण्डका गोलकिपर कोबेलले बचाएका थिए ।
यस बराबरीसँगै समूह ‘जी’ को डर्टमण्डले ५ खेलमा ८ अंक जोडेको छ ।
डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
सिटी ११ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
सिटीले यस अघि नै नकआउट चरणमा स्थान बनाएको छ ।