काठमाडौं । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति आरबी साल्जबर्गलाई २-१ गोल अन्तरले हराउँदै चेल्सी नकआउट चरणमा पुगेको हो ।
चेल्सीको जितमा माटियो कोभासिस र काइ हार्भट्जले एक एक गोल गरे ।
साल्जबर्गका जुनियर एडामुले एक गोल फर्काए ।
खेलको २३ औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा जुनियरले गोल गर्दै साल्जबर्गलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
जितसँगै समूह ‘ई’ को चेल्सीले ५ खेलमा १० अंक जोडेको छ ।
चेल्सी समूहको शीर्ष स्थानमा रहेको छ ।
साल्जबर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।