पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका आठ खेलाडीले नवौं राष्ट्रिय खेलकुद खेल्न नपाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रदेश नम्बर एकले हालेको प्रोटेस्ट सदर गरेपछि एनआरएनएका आठ खेलाडीले खेल्न नपाउने भएका हुन् ।
आठ खेलाडीमा विमल घर्ती मगर, संजोक राई, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ,बिशाल राई, निशान खड्का, अशोक खवास रहेका छन् ।
प्रदेश एकले बिहीबार नेपाली राष्ट्रिय खेलाडीहरु समावेश गरेर खेलाएको भन्दै प्रोटेस्ट हालेको हो ।
पोखराको गोस्टेघाट खेल मैदानमा बिहीबार एनआरएनएले प्रदेश एकलाई २-० ले हराएको थियो ।
एनआरएनएको जितमा विमल घर्ती मगर र संजोक राईले एक एक गोल गरेका थिए ।
तर, अब प्रदेश एकले ३-० को जित पाएको छ ।