काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर फिल फोडेन क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
इंग्लिस मिडफिल्डरले सन् २०२७ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका गरेका हुन् ।
२२ वर्षीय मिडफिल्डरले सम्झौता बाँकि रहदै नवीकरण गरेका हुन् ।
सिटीको एकेडेमीमा हुर्किएका फोडेनले २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
सिटीका लागि उनले १ सय ८२ खेलमा ५२ गोल गरिसकेका छन् ।
इंग्ल्यान्डका लागि १८ खेलमा २ गोल गरेका छन् ।