काठमाडौं । नेपालका फिफा रेफ्री कबिन ब्यन्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसिप खेलाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार व्यन्जनकार र मल्लले यू-१७ साफमा रेफ्रीको भूमिकामा रहने जनाएको छ ।
साफ यू-१७ च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।
साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।
नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।
समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।