काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका अट्याकिङ मिडफिल्डर रोस बार्क्लीले क्लब छाडेका छन् ।
चेल्सीले इंग्लिस मिडफिल्डर बार्क्लीले सहमतिमा क्लब छाडेको जनाएको छ ।
२८ वर्षीय बार्क्ली २०१८ मा एभर्टनबाट चेल्सी आएका थिए ।
तर, थोमस टुचेलको प्लेइङ सेटमा उनी अटाउन असफल हुँदै आएका थिए ।
गत सिजन उनले एस्टन भिल्लाबाट लोनमा खेलेका थिए ।
१७ वर्षकै उमेरमा प्रिमियर लिगमा डेब्यु गरेका बार्क्लीले चेल्सी, एस्टन भिल्ला र एभर्टनमा गरि कुल २ सय ३२ प्रिमियर लिगमा २९ गोल र २८ असिस्ट गरेका छन् ।
इंग्ल्यान्डका लागि उनले ३३ खेलमा ६ गोल गरेका छन् ।