काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले मिडफिल्डर लुकास पाक्वेटालाई अनुबन्ध गरेको छ ।
वेस्ट ह्यामले ब्राजिलियन मिडफिल्डरलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो ।
२५ वर्षीय मिडफिल्डरले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गरेका छन् ।
लुकासले वेस्ट ह्याममा ११ नम्बरको जर्सी लगाउने छन् ।
लुकास २०२० मा एसी मिलानबाट लियोन आएका थिए ।
लुकासले लियोनका लागि गत सिजन ३५ लिग वान खेलमा ९ गोल गरेका थिए ।
उनले ब्राजिलको लागि ३३ खेलमा ७ गोल गरिसकेका छन् ।