काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले ब्राजिलियन डिफेन्डर रेनान लोडीलाई अनुबन्ध गरेको छ ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोडीलाई अनुबन्ध गर्ने भएको हो ।
फूल ब्याक लोडीलाई फरेस्टले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
स्पेनिस क्लबले लोडीलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको विकल्प समेत दिएको छ ।
यस सिजन लोडीलाई १७ औं खेलाडीको रुपमा फरेस्टले अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डर २०१९ मा एट्लेटिको आएका थिए ।
उनले एट्लेटिकोका लागि १०० बढी खेल खेलिसकेका छन् ।
च्याम्पियन्स लिगमा गत सिजन उनले म्यानचेस्टर युनाईटेडविरुद्ध गोल गरेका थिए ।