काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानी अनुबन्ध गर्ने पक्का भएको छ ।
म्यानचेस्टर युनाईटेडका स्ट्राइकर काभानीलाई भ्यालेन्सियाले फ्री ट्रान्सफरमा अनुबन्ध गर्ने पक्का भएको हो ।
काभानीले भ्यालेन्सियासँग २ वर्षको सम्झौता गर्न मौखिक सहमति जनाएको बताईएको छ ।
सम्झौताका लागि काभानी आज नै भ्यालेन्सिया आउने बताईएको छ ।
युनाईटेडसँग काभानीको सम्झौता २०२२ को जुनसम्म रहेको थियो ।
उरुग्वेका ३५ वर्षीय स्ट्राइकर २०२० मा फ्रेन्च क्लब पीएसजीबाट युनाईटेड आएका थिए ।