काठमाडौं । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर पाउल पोग्बाले आफु संगठित अपराधिक गिरोहको निशानामा परेको बताएका छन् ।
पोग्बाले एक विज्ञप्ति निकाल्दै आफूलाई संगठित गिरोहबाट फिरौती र धम्कीको निशाना बनाएको बताएका हुन् ।
फ्रान्सेली मिडफिल्डरले आफ्ना वकिलहरूमार्फत एक विज्ञप्ति जारी गर्दै यस विषयमा अधिकारीहरूलाई जानकारी गराएको समेत बताए ।
'पोग्बाविरुद्ध एक संगठित गिरोहद्वारा धम्की र जबरजस्तीको प्रयासहरू भएकोछ,' विज्ञप्तिमा भनिएको छ,'इटाली र फ्रान्सका निकायहरूलाई सूचित गरिएको थियो र चलिरहेको अनुसन्धानको सम्बन्धमा थप टिप्पणीहरू हुनेछैन ।'
यस विषयमा फ्रान्सेली प्रहरीले अनुसन्धान सुरु गरेको बताईएको छ ।
२०१८ को विश्वकप विजेता पोग्बा यसै समरमा म्यानचेस्टर युनाईटेड छाडेर युभेन्ट्स आएका हुन् ।