काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाकिस्तानको टोली नेपाल आईपुगेका छन् ।
पाकिस्तानी टोली सोमबार बिहान नेपाल आईपुगेका हुन् । पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
पाकिस्तान समूह 'ए' मा रहेको छ । यस समूहमा पाकिस्तानसँगै भारत,बंगलादेश र माल्दिभ्स रहेका छन् ।
पाकिस्तानले भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
पछिल्लो समय फिफाको प्रतिबन्धको कारण पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा सहभागिता जनाएको थिएन ।
तर, फिफाले हालै पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ ।