काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार तेस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा स्पानियोललाई ३-१ गोल अन्तरले हराउँदै रियलले तेस्रो जित निकालेको हो ।
रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिनिसियस जुनियरको नाममा एक गोल रह्यो ।
स्पानियोलका जोसेलुले एक गोल फर्काए ।
खेलको १२ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।
खेलको ४३ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पानियोललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
खेलको इन्जुरी समयको छैटौं मिनेटमा बेन्जामिन लेकोम्टेले रातो कार्ड पाएपछि स्पानियोल १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयको दशौँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।
यस जितसँगै रियलले ३ खेलमा ९ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा रहेको छ ।
स्पानियोल १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।