नवराज चौलागाई
निजगढ । यू-१७ नेपाली राष्ट्रिय फुटबल टिममा निजगढका समीर तामाङ समावेश भएका छन् ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार घोषणा गरेको २४ सदस्यीय टोलीमा निजगढका फरवार्ड समीर अटाएका हुन् ।
श्रेष्ठले श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसिप र भियतनाममा हुने एएफसी यू-१७ एसियन कप छनोटका लागि टिम घोषणा गरेका हुन् ।
समीर निजगढ फुटबल क्लबका उत्पादन हुन् ।
क्लबले ग्रासरुट स्तरबाट संचालन गरेको नियमित प्रशिक्षणको कारण खेलाडी उत्पादनमा क्लब सफल हुँदै गएको क्लबका प्रशिक्षक सन्तोष गुरुङले जानकारी दिए ।
उमेर समूहको राष्ट्रिय टिममा बाराका खेलाडीहरुले निरन्तर स्थान बनाईरहेका छन् ।
यस अघि एएफसी यू-२० एसियन कप छनोटका लागि नेपाली टोलीमा बाराबाट गोलकिपर युनेस चौधरी,डिफेन्स अजय चौधरी र मिडफिल्डर जन्मजय धामी परेका छन् ।