काठमाडौं । बार्सिलोनाका फ्रान्सेली डिफेन्डर जुल्स कुन्डे स्पेनिस ला लिगामा दर्ता भएका छन् ।
कुन्डे यसै समरमा सेभियाबाट बार्सिलोनामा अनुबन्धित भएका हुन् ।
तर, फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले उनलाई दर्ता गर्न सकेको थिएन ।
अब भने उनले बार्सिलोनाका लागि ला लिगा खेल्न पाउने छन् ।
उनी आइतबार भालाडोलिटविरुद्ध हुने खेलमा उपलब्ध हुने छन् ।
२३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन् ।
सेन्टर ब्याक जुलेस सन् २०१९ मा फ्रेन्च क्लब बोर्डूअक्सबाट सेभिया आएका थिए ।
सेभियाका लागि उनले युरोपा लिगको उपाधि जितेका थिए ।
फ्रान्सका लागि उनले ११ खेल खेलिसकेका छन् ।