काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको दोस्रो हाफमा लोरी सानेले गोल गरेपछि बायर्न हारबाट जोगिएको हो ।
खेलको ४३ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मोन्चेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८३ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै खेलको ३४ औं मिनेटमा साडियो मानेको गोलले मान्यता पाएन । भीएआरको सहायताबाट उनी अफसाइड देखिएका थिए ।
यस बराबरीसँगै बायर्नले ४ खेलमा १० अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
मोन्चेनग्लाडबाख ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।