काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स र रोमाले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा युभेन्ट्स र रोमाले १-१ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने युभेन्ट्सले बनाएको थियो ।
खेलको दोस्रो मिनेटमा डुसन भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६९ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै रोमालाई हारबाट जोगाए ।
त्यसअघि खेलको २५ औं मिनेटमा युभेन्ट्सका लोकाटेलीको गोलले मान्यता पाएन । भीएआरमा उनको गोल अफसाइड देखिएको थियो ।
यस बराबरीसँगै युभेन्ट्सले ३ खेलमा ५ अंक ओडेको छ ।
युभेन्ट्स छैटौं स्थानमा रहेको छ ।
रोमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।