काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार चौंथो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा फुलहमलाई २-१ ले हराउँदै आर्सनलले लगातार चौंथो जित निकालेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक एक गोल गरे ।
फुलहमका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए ।
खेलमा सुरुआती अग्रता भने फुलहमले बनाएको थियो ।
५६ औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।
यस जितसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले ४ खेलमा १२ अंक जोडेको छ ।
फुलहम ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।