काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित चेल्सीले लेस्टरलाई २-१ गोल अन्तरले हराएको हो ।
चेल्सीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बर्नेसले एक गोल फर्काए ।
खेलको २८ औं मिनेटमा कोनोर गल्लाघेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
तर, खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा बर्नेसले गोल गरेपनि चेल्सी २-१ ले विजयी भयो ।
जितसँगै चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।
चेल्सी छैटौं स्थानमा रहेको छ ।
लेस्टर १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा ब्राइटनले लिड्सलाई १-० ले हराएको छ ।
ब्रेन्टफोर्ड र एभर्टनले १-१ को बराबरी खेल्दै अंक बाडेका छन् ।