काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले ह्याट्रिक गरे । बेर्नार्डो सिल्भाको नाममा एक गोल रह्यो ।
क्रिस्टल प्यालेसका जोआचिम एण्डरसनले एक गोल गर्दा सिटीका जोन स्टोन्सले एक आत्मघाती गोल गरे ।
घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।
खेलको चौंथो मिनेटमा स्टोन्सले आत्मघाती गोल गरेपछि क्रिस्टलले सुरुआती अग्रता बनाएको थियो ।
खेलको २१ औं मिनेटमा एण्डरसनले गोल गर्दै किस्टललाई २-० को अग्रता दिलाए ।
तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो ।
खेलको ५३ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ६२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई २-२ को बराबरीमा ल्याए ।
७० औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-२ को बनाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दा सिटी ४-२ ले विजयी भयो ।
यस जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सिटीले ४ खेलमा १० अंक जोडेको छ ।
क्रिस्टल प्यालेस ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।