काठमाडौं । क्याम्प नोउमा पेप ग्वार्डियोला पारिवारिक पुनर्मिलन गर्दैछन् । मिड-सिजन मैत्रीपूर्ण खेलमा पूर्व क्लब बार्सिलोनाविरुद्ध खेल्न आफ्नो प्रिय क्लब म्यानचेस्टर सिटी व्यवस्थापकको रूपमा उनी स्पेन आइपुगेका छन्।
बार्सिलोना र सिटी सिजन सुरु भइसकेका बेला बुधबार रातिको मैत्रीपूर्ण खेलमा भिड्नेछन् । जुआन कार्लोस अनजुको सम्मानमा लुजोन फाउन्डेसनको लागि कोष रकम जुटाउन मैत्रीपूर्ण खेल आयोजना गरिएको छ। खेल नेपाली समय अनुसार राति १:१५ बजे क्याम्प नोउमा हुनेछ।
यस खेललाई 'द ग्रेट गेम फर द ग्रेट कज' अर्थात 'महान खेल, महान कार्यका लागी' नाम दिईएको छ।
बार्सिलोनाका पूर्व गोलकिपर र प्रशिक्षक जुआनलाई दुई वर्षअघि निको नहुने स्नायु प्रणालीको रोग एएलएस (एमियोट्रोफिक लेटरल स्क्लेरोसिस) भएको थियो। क्लब लेजेन्ड्स जाभी हर्नान्डेज र पेप ग्वार्डियोलाले यस रोगको अनुसन्धानमा फाउन्डेसनलाई मद्दत गर्न च्यारिटी खेल मार्फत अगाडी आएका छन्।
सँगसँगै यस खेलले दुवै प्रशिक्षकलाई नयाँ प्रयोग गर्न र केही नयाँ खेलाडीलाई अवसर दिन सक्छ। दुबै टोलीका लागि नयाँ सिजनको सुरुआतबाट केहि विश्राम लिने र विश्वभरका सबै फुटबल प्रशंसकका लागि मनोरन्जन हुनेछ।