काठमाडौं । चेल्सीले युवा फरवार्ड एन्थोनी गोर्डोन अनुबन्धका लागि ६० मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको छ।
एभर्टनले यस अघिको प्रस्ताव अस्विकार गरेपछि चेल्सीले ६० मिलियनको प्रस्ताव गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।
यस अघि २१ वर्षीय फरवार्ड अनुबन्धका लागि चेल्सीले ४० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर एभर्टनले प्रस्ताव अस्विकार गरेको थियो ।
इंग्ल्यान्डका यू-२१ टोलीका सदस्य अनुबन्धका लागि एभर्टनले उच्च मूल्यको अपेक्षा गरेको बताईएको छ ।
एन्थोनीले २०२० को जनवरीमा एभर्टनका लागि डेब्यु गरेका थिए । उनले एभर्टनसँग ५ वर्षको सम्झौता गरेका थिए ।