काठमाडौं । वेस्ट ह्यामले इटालियन डिफेन्डर इमर्सन पाल्मीरीलाई अनुबन्ध गरेको छ ।
वेस्ट ह्यामले अर्को प्रिमियर लिग क्लब चेल्सीबाट इमर्सनलाई अनुबन्ध गरेको हो ।
वेस्ट ह्यामले लेफ्ट ब्याकलाई १५ मिलियनमा अनुबन्ध गरेको हो ।
२८ वर्षीय इमर्सनले वेस्ट ह्यामसँग ४ वर्षको सम्झौता गरेका छन् ।
सम्झौता थपका लागि समेत विकल्प दिईएको छ ।
'वेस्ट ह्यामको जर्सीमा सुरुआत गर्न आतुर छु,' सम्झौतापछि उनले भनेका छन् ।
उनी २०१८ मा रोमाबाट चेल्सी आएका थिए ।
तर, उनले चेल्सीमा लगातार खेल्न पाएका थिएनन् ।
गत सिजन उनले लियोनबाट लोनमा खेलेका थिए ।
सन् २०२० मा इटालीले युरो जित्दा उनी इटालीको टिममा थिए ।