काठमाडौं । फ्रेन्च डिफेन्डर वेस्ली फोफाना अनुबन्ध गर्ने चेल्सीको तेस्रो प्रयास समेत असफल भएको छ । लेस्टर सिटीका डिफेन्डर फोफाना अनुबन्धका लागि चेल्सीको तेस्रो प्रस्तावलाई समेत क्लबले अस्विकार गरेको छ ।
लण्डन क्लब चेल्सीले फ्रेन्च डिफेन्डरका लागि अन्तिम पटक ७० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर टेलिग्राफको रिपोर्ट अनुसार चेल्सीको सो प्रस्तावलाई समेत लेस्टरले अस्विकार गरेको छ ।
चेल्सीको दोस्रो प्रस्ताव समेत ६५ मिलियन पाउण्डको नजिक रहेको थियो । तर लेस्टरले २१ वर्षिय डिफेन्डरको मुल्य ८० मिलियन पाउण्ड मुल्य राखेको छ । यो विश्व क्लब फुटबलमानै डिफेन्डरका लागि सर्वाधिक महङ्गो मुल्य हो ।
लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले गत हप्ता फोफाना सहित युरी टिलिमेन्सलाई साउथह्याम्टनविरुद्धको खेलमा टिम बाहिर राखेका थिए । दुवै खेलाडी यस सिजनको सुरुवातमा क्लब छोड्न चाहेका छन् । फोफानालाई टिममै राखिएको थिएन भने टिलिमेन्स बेन्चमा थिए ।
प्रशिक्षक रोजर्सले फोफानाको उपयुक्त विकल्प क्लबमा रहेको बताउँदै आएका छन् । गत मार्चमा मात्र क्लबले उनीसँग पाँच वर्षको सम्झौता गरेको थियो । तर थप एक सिजन समेत उनलाई क्लबमा राख्न संघर्ष गर्नुपर्नेबारे लेस्टर जानकार देखिन्छ ।
चेल्सीका प्रशिक्षक थोमस टुचेल बिहीबार ट्रान्सफरको डेटलाइन सकिनु अघि अझै एक सेन्टर डिफेन्डर थप्न चाहन्छन् । उनले फोफानालाई पहिलो रोजाईमा राखेका छन् । चेल्सी प्रशिक्षकले ब्राइटनका एडम वेबस्टरलाई समेत अर्को विकल्पको रुपमा हेरेका छन् । म्यानचेस्टरका कप्तान ह्यारी मागुइरीलाई समेत चेल्सीको लिस्टमा रहेको इङ्लिस मिडियाको दाबी छ ।
एन्टोनी रुडिगर र एन्ड्रियास क्रिस्टेसनलाई गुमाएपछि चेल्सीले कालिदो कौलीबेललाई सेन्टर ब्याकको रुपमा जोडेको थियो । लण्डक क्लबले ब्राइटनका फर्सटाइल खेलाडी मार्क कुकुरेलालाई समेत अनुबन्ध गरिसकेको छ, उनी लेफ्ट साईडबाट खेल्ने गरेका छन् । क्लब अझै अर्को सेन्टर डिफेन्डरको खोजीमा देखिन्छ ।
लेस्टरले शनिबार साउथह्याम्टनविरुद्धको खेलमा टिम बाहिर फोफानालाई राखेपछि चेल्सीले अनुबन्ध प्रक्रिया सजिलो हुने ठानेको थियो । तर लेस्टरले आफ्ना डिफेन्डरलाई विश्व कीर्तिमानी मुल्यको माग गरेको छ ।