काठमाडौं । इंग्ल्यान्ड फुटबल एसोसियसनले चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेललाई थप कारबाहीका लागि प्रक्रिया अगाडी बढाएको छ ।
प्रिमियर लिग अन्तर्गत गत साता टोटेनहमसँगको खेलपछि रेफ्री एन्थोनी टेलरविरुद्ध प्रतिक्रिया दिएपछि एफएले टुचेललाई थप कारबाही गर्न लागेको हो ।
टोटेनहमविरुद्ध २-२ गोलको बराबरीपछि उनले रेफ्रीको निर्णयप्रति आपत्ति जनाएका थिए । उनले टोटेनहमका डिफेन्डर क्रिस्टियन रोमेरोले चेल्सीका कुकुरेलालाई कपालमा तानेर लडाउदा समेत फउल नदिएको विषयमा बोलेका थिए ।
यस अघि एफएले टुचेललाई एक खेलको टचलाइन प्रतिबन्ध लगाएको थियो । टोटेनहमविरुद्धको खेलपछि विपक्षी टोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेसँग झगडा गरेको कारण टुचेललाई प्रतिबन्ध लगाईएको हो ।
यस्तै टुचेललाई ३५ हजार पाउण्ड जरीवाना गरिएको थियो ।
खेल २-२ गोलको बराबरीमा सकिएपछि हात मिलाउने क्रममा उनीहरु झगडामा उत्रिएका थिए । दुबैले रातो कार्ड पाएका थिए ।