काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई सार्वजनिक गरेको छ ।
स्पेनिस क्लब रियल मड्रिडबाट क्लब भित्र्याएको युनाईटेड सोमबार राति ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो ।
प्रिमियर लिग अन्तर्गत युनाईटेड र लिभरपुलबीचको खेल अघि उनलाई सार्वजनिक गरिएको हो । त्यस खेलमा युनाईटेडले लिभरपुललाई २-१ ले हराएको छ ।
युनाईटेडले सार्वजनिक गर्नु अघि उनले क्लबसँग सम्झौता गरेका थिए ।
३० वर्षीय मिडफिल्डरले युनाईटेडसँग ४ वर्षको सम्झौता गरेका छन् ।
युनाईटेडले थप एक वर्ष सम्झौता थपको लागि विकल्प समेत दिएको छ ।
क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए ।
उनले रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् ।
रियलका लागि क्यासेमिरोले २ सय २२ खेलमा २४ गोल गरेका छन् ।