काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले मिडफिल्डर क्यासेमिरोलाई बिदाइ गरेको छ ।
रियलले सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै बिदाइ गरेको हो ।
ब्राजिलियन मिडफिल्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित हुँदै छन् ।
बिदाइमा क्यासेमिरो भावुक बनेका थिए । उनले आफु पैसाका लागि युनाईटेड नगएको समेत स्पष्ट पारे ।
क्यासेमिरो अनुबन्धका लागि युनाईटेडले रियलसँग ७० मिलियन पाउण्डको सम्झौता गरेको बताईएको छ ।
३० वर्षीय मिडफिल्डरले युनाईटेडसँग ४ वर्षको सम्झौता गर्ने छन् ।
युनाईटेडले थप एक वर्ष सम्झौता थपको लागि विकल्प समेत दिएको छ ।
क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए ।
उनले रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् ।
रियलका लागि क्यासेमिरोले २ सय २२ खेल्म्मा २४ गोल गरेका छन् ।