काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको दोस्रो डिभिजन लिग हिरो आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।
भारतको टाइम्स अफ इन्डियाले नयाँ सिजनको आईलिगका लागि पन्जाबले किरणको नाम दर्ता गरेको जनाएको छ।
पन्जाबले किरणलाई माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसमबाट अनुबन्ध गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
पन्जाबले भने औपचारिक रुपमा अनुबन्धबारे खुलाएको छैन ।
अल इन्डिया फुटबल फेडेरेसन फिफाको प्रतिबन्धमा परेपनि खेलाडी किनबेचमा प्रतिबन्ध नरहेकाले पछिल्लो समय किरणसहित ६ खेलाडी लिगका लागि दर्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
किरणले २०१९-२० को सिजन पन्जाबबाट आईलिग खेलेका थिए । त्यस सिजन किरण आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।