काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लिभरपुल क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने प्यालेसले बनाएको थियो ।
खेलको ३२ औं मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै प्यालेसलाई अग्रता दिलाए ।
खेलको ५७ औं मिनेटमा डार्विन नुनेजले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
लिभरपुलको यो लगातार दोस्रो बराबरी हो ।
यस बराबरीसँगै लिभरपुलले २ खेलमा २ अंक जोडेको छ ।
लिभरपुल १२ औं स्थानमा रहेको छ ।
प्यालेस १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।