काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक भएको छ ।
प्रिमियर लिगको २०२२/२३ को सिजन प्रयोग हुने नाइकी फ्लाइट बल सार्वजनिक गरिएको हो ।
नयाँ बल खेलकुद सामग्री निर्माण कम्पनी नाइकीले उत्पादन गरेको हो ।
प्रिमियर लिगले जुलाई १५ बाट बल बजारमा उपलब्ध हुने जनाएको छ ।
प्रिमियर लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ ।
सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
अघिल्लो सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।
सिटीले वेस्ट ह्यामसँग खेल्दै सिजनको सुरुआत गर्नेछ ।