काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका युवा विंगर भिनिसियस जुनियरले क्लबसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
२१ वर्षीय विंगर सम्झौता थप गर्न सहमत भएको गोल डटकमले जनाएको छ ।
ब्राजिलियन विंगरले रियलसँग थप चार वर्षको लागि सम्झौता नवीकरण गर्ने बताईएको छ ।
सम्झौता नवीकरणपछि भिनिसियस २०२६ सम्म रियलमा रहने छन् ।
रियलले २०२८ सम्म राख्ने चाहेपनि उनले २०२६ सम्मको सम्झौता गर्न लागेका हुन् ।
भिनिसियस २०१८ मा फ्लामेन्गोबाट रियलको एकेडेमीमा अनुबन्धित भएका थिए ।
भिनिसियसले त्यहिँ सिजन रियलको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
भिनिसियसले गत सिजन रियललाई ला लिगा च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
भिनिसियसले गत सिजन ५२ खेलमा २२ गोल र १६ असिस्ट गरेका थिए ।