काठमाडौं । स्पेनिस ला लिगाले इंग्लिस क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध यूईएफएमा उजुरी दर्ता गरेको छ ।
ला लिगाले फाईनान्सियल फेयर प्ले को नियम उलंघन गरेको भन्दै सिटी र पीएसजीविरुद्ध युरोपियन फुटबलको सर्वोच्च निकायमा उजुरी दर्ता गरेको हो ।
ला लिगाले विश्व फुटबलमा उनीहरुले कृतिम रुपमा बजार बढाउने काम गरिरहेको आरोप लगाएको छ । यसले फुटबलमा विकासको दिगोपनलाई असर गर्ने ला लिगाको भनाई छ ।
पछिल्लो समय केलियन एमबाप्पे र अर्लिङ हालाण्ड अनुबन्धको विषयमा ला लिगा रुष्ट बन्दै आएको छ ।
एमबाप्पे र हालाण्ड अनुबन्धका लागि ला लिगा क्लब रियल मड्रिड लागि परेको थियो ।
तर, अन्तिम समयमा एमबाप्पेले पीएसजीमै बस्ने निर्णय गरेको थियो । यस्तै हालाण्डलाई सिटीले अनुबन्ध गरेको थियो ।
पीएसजीले एमबाप्पेलाई मल्टि मिलियन पाउण्डको रकमसहित क्लबमा राख्न सफल भएको थियो ।
यस्तै सिटीले हालाण्डलाई ५१.२ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।