काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर डानी अल्भेसले क्लब छाड्ने भएका छन् ।
ब्राजिलियन डिफेन्डर अल्भेसले एक सिजनपछि नै बार्सिलोना छाड्ने भएका हुन् ।
अल्भेस गत वर्ष बार्सिलोना फर्किएका थिए । उनले एक सिजनको सम्झौता गरेका थिए ।
तर, बार्सिलोनाले उनीसँगको संम्झौता थप गर्ने योजना बनाएका छैनन् । जसको कारण उनी फ्री ट्रान्सफरमा अन्य क्लब जाने छन् ।
३९ वर्षीय अल्भेस पाँच वर्षपछि बार्सिलोना फर्किएका थिए ।
अल्भेस २०१६ मा बार्सिलोना छाड्दै इटालियन क्लब युभेन्ट्स गएका थिए ।
त्यसपछि उनले पीएसजी र साओ पाउलोबाट खेलेका छन् ।
बार्सिलोनाका लागि अल्भेसले कुल ४ सय ७ खेल खेलेका छन् ।
अल्भेसले बार्सिलोनाका लागि ६ ला लिगा जितेका छन् ।