काठमाडौं । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज बिहीबार स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली टोली बिहान १० बजे नेपाल आईपुग्ने जनाएको छ ।
३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी भने कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी घर कुवेतमै बसेका हुन् ।
कुवेतमा भएको छनोटमा नेपाल अंक विहीन बनेको थियो ।
समूह ए मा रहेको नेपाल समूहको पुछारमा रह्यो ।
छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।
मंगलबार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको थियो ।