काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।
फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।
हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच पोस्टर सार्वजनिक गरिएको हो ।
पोस्टरको अनावरण बुथायना अल मुफ्ताहले गरेकी थिइन् । उनले नै पोस्टर डिजाइन गरेकी हुन् ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।
नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।
विश्वकपमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागिसकेको छ ।
फिफाले विश्वकप समूह विभाजन 'ड्र' यस अघि नै सार्वजनिक गरिसकेको छ ।