काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले १९ वर्षीय युवा मिडफिल्डर पाब्लो टोरेलाई अनुबन्धित गरेको छ ।
बार्सिलोनाले ला लिगाको दोस्रो डिभिजन क्लब रियल रेसिङ क्लबबाट पाब्लोलाई अनुबन्ध गरेको हो ।
युवा मिडफिल्डर पाब्लोले बार्सिलोनासँग चार वर्षको सम्झौता गरेका छन् ।
उनी २०२६ सम्म बार्सिलोनामा रहने छन् ।
बार्सिलोनाले उनको रिलिज क्लउज १०० मिलियन युरो राखेको छ ।
स्पेनिस मिडफिल्डर पाब्लोले अब बार्सिलोनाको बी टोलीबाट खेल्ने छन् ।