काठमाडौं । इटालियन क्लब रोमाले मिडफिल्डर नेमान्जा माटिचलाई अनुबन्ध गरेको छ ।
इटालियन सिरी ए क्लब रोमाले माटिचलाई इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
माटिचले सिजनको अन्त्यसँगै युनाईटेड छाडेका थिए ।
सर्बियन मिडफिल्डर माटिचले रोमासँग एक वर्षको सम्झौता गरेका छन् ।
३३ वर्षीय मिडफिल्डर २०२३ को जुन ३० सम्म रोमामा रहने छन् ।
माटिच २०१७ मा चेल्सीबाट युनाईटेड आएका थिए ।
माटिचले युनाईटेडका लागि १ सय ८३ खेल खेलेका छन् ।