काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मिडफिल्डर पाउल पोग्बालाई अनुबन्ध गर्ने पक्का भएको छ ।
युभेन्ट्सले फ्रान्सेली मिडफिल्डरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
इटालियन मिडियाले युभेन्ट्ससँग पोग्बाले ४ वर्षको सम्झौता गर्ने जनाएको छ ।
युभेन्ट्सले भने औपचारिक रुपमा केहि बताएको छैन ।
पोग्बाले गत हप्ता इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गरेका थिए ।
२९ वर्षीय पोग्बा २०१६ मा युभेन्ट्सबाटै युनाईटेड फर्किएका थिए ।
युनाईटेडको एकेडेमीमा हुर्किएका पोग्बा २०१२ मा युभेन्ट्स गएका थिए।
पोग्बाले युनाईटेडका लागि २ सय २६ खेल ३९ गोल गरेका थिए ।