काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ ।
मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो ।
विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।
नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।
फिफाले विश्वकप समूह विभाजन 'ड्र' यस अघि नै सार्वजनिक गरिसकेको छ ।
फिफाले सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर 'ड्र' गरेको हो ।
कुन समूहमा कुन राष्ट्र ?
समूह ए - कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी - इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी - अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी - फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया
समूह ई - स्पेन, जर्मनी, जापान, कोस्टारिका
समूह एफ - बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी - ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच - पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना