काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बेल्जियमले पोल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।
बेल्जियमलाई जित दिलाउन मिची बात्सुआईले निर्णायक गोल गरे ।
उनले खेलको १६ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै लिग ए समूह ४ को बेल्जियमले ४ खेलमा ७ अंक जोडेको छ ।
बेल्जियम तालिकाको दोस्रो स्थानमा रहेको छ ।
पोल्याण्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा नेदरल्यान्ड्सले वेल्सलाई ३-२ गोल अन्तरले हराएको छ ।
नेदरल्यान्ड्स १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
वेल्स १ अंक जोडेर पुछारमा रहेको छ ।