काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ ।
मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो ।
जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे ।
जर्मनी खेलमा सुरुआती अग्रता भने जोसुवा किमिचको गोलबाट १० औं मिनेटमा बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा इल्के गुण्डोगानले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ५१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई ३-० को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा वेर्नेरले गोल गर्दा जर्मनी ४-० ले अघि रह्यो ।
वेर्नेरले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीको अग्रता ५-० को बन्यो ।
खेलको ७८ औं मिनेटमा विल्फ्रिड जिनोन्टोले गोल गर्दै इटालीलाई ५-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एलेसान्द्रो बास्टोनीले गोल गरेपनि इटाली ५-२ ले पराजित भयो ।
यस जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ ।
जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ ।
इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।