काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई हंगेरीले पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा हंगेरीले १० खेलाडीमा सिमित इंग्ल्यान्डलाई ४-० गोल अन्तरले हराएको हो ।
खेलको १६ औं मिनेटमा रोलान्ड सल्लाईले गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा रोलान्डले व्यक्तिगत दोस्रो गोल गर्दै हंगेरीलाई २-० को अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा नागीले गोल गर्दै हंगेरीलाई ३-० को अग्रता दिलाए ।
८२ औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा डानिल गाज्दागले गोल गर्दै हंगेरीलाई ४-० को जित दिलाए ।
यस जितसँगै हंगेरी लिग ए समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ ।
हंगेरीले ४ खेलमा ७ अंक जोडेको छ ।
इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।