काठमाडौं । इंग्लिस क्लब लिभरपुलले उरुग्वेका युवा फरवार्ड डार्विन नुनेजलाई अनुबन्ध गरेको छ ।
लिभरपुलले बेन्फिकाबाट फरवार्ड नुनेजलाई अनुबन्ध गरिएको जनाएको छ ।
लिभरपुलले नुनेजलाई क्लबको कीर्तिमानी मूल्य तिरेर क्लबमा भित्र्याएको हो ।
२२ वर्षीय फरवार्डले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका छन् ।
नुनेजले गत सिजन बेन्फिकाका लागि ४१ खेल खेल्दै ३४ गोल गरेका थिए ।
उनले उरुग्वेका लागि ११ खेल खेलिसकेका छन् ।
लिभरपुलमा उनले २७ नम्बरको जर्सी लगाउने छन् ।