काठमाडौं । कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।
विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।
कोस्टारिकालाई जित जोएल क्याम्पबेलले निर्णायक गोल गरे ।
उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको ६९ औं मिनेटमा कोस्टा बारबारौसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।
कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो ।
कोस्टारिका लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो ।
यस्तै कोस्टारिका छैटौं पटक विश्वकपमा छनोट भएको हो ।
कतार विश्वकप आगामी नोभेम्बर २१ देखि सुरु हुनेछ ।