काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले अहिले इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध इन्डोनेसियाले २-० गोलको अग्रता बनाएको छ ।
खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका हुन् ।
३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा सम्मेतिएको छ ।
त्यसपछि खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाएका छन् ।