काठमाडौं । नेपालको समूहबाट जोर्डन आगामी वर्ष आयोजना हुने एएफसी एसियन कप फुटबलमा छनोट भएको छ ।
एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत मंगलबार राति कुवेतलाई ३-० गोल अन्तरले हराउँदै जोर्डनले एसियन कपमा स्थान पक्का गरेको हो ।
जोर्डनलाई जित दिलाउन अलि ओल्वान, महमुद मार्दी र नुर अल रावबदेहले एक एक गोल गरे ।
जितसँगै समूह ए को विजेता बन्दै जोर्डनले एसियन कपको टिकट काटेको हो ।
जोर्डनले ३ खेलमा ९ अंक जोड्यो ।
कुवेत ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
यसै समूहको नेपालले अंक जोड्न सकेको छैन ।